सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

महासंघको केन्द्रिय सदस्यमा आत्रेको उम्मेदवारी

महासंघको केन्द्रिय सदस्यमा आत्रेको उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८२, सोमबार

पोखरा/ लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा युवा ब्यवसायि छत्रधर आत्रेयले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघको चैत्र २९ र ३० गते काठमाडौमा हुने ६०औं बार्षिक साधारण सभा तथा निर्वाचनका लागि आत्रेयले जिल्ला नगर खुल्ला तर्फको कार्यकारिणी सदस्य पदका लागि अनलाईनबाट उम्मेदवारी दर्ता गराएका हुन् । लेखनाथ उद्योाग बाणिज्य संघको अध्यक्ष पदमा रहदा ब्यवसायिक हकहितका सवालमा आवाज उठाएर चर्चा कमाएका उनले यसअघि पनि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएर पराजित भएका थिए ।

यस अघि लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र बाबुराम गिरी केन्द्रिय सदस्य भईसकेका छन् । यस वर्ष पोखराका अन्जन श्रेष्ठले महासंघको विधान अनुसार अध्यक्ष पदको नेतृत्व समाल्ने भएकाले पनि छत्रधर आत्रेयलाई जित नजिक पुग्न केही सहज भएको अनुमान गरिएको छ । गत वर्ष जिल्ला नगर खुल्ला सदस्य तर्फ १८ जना निर्वाचित हुने ब्यवस्था थियो भने यस वर्ष भने १५ जना मात्र निर्वाचित हुने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->