पोखरा/लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
महासंघको चैत्र २९ र ३० गते काठमाडौमा हुने ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि आत्रेयले जिल्ला नगर खुल्लातर्फको कार्यकारिणी सदस्य पदका लागि अनलाईनबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र बाबुराम गिरी केन्द्रीय सदस्य भइसकेका छन् ।





