काठमाडौं/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करी प्रकरणमा विहीबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
तस्करसँग मिलेर २०७९ मा विद्युतीय चुरोट खरिद गरी राज्यलाई क्षति पु¥याएको भन्दै अख्तियारले नेपाल सरकारका सहसचिव अरुण पोखरेल, एक कम्पनीका प्रतिनिधिसहित २९ जनालाई प्रतिवादी बनाइ मुद्दा चलाउने निर्णय गरको हो ।
चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले महराका छोरा राहुल, टेक्टयल ट्राभल्स टूर्स प्रालिसहित २९ जनालाई प्रतिवादी बनाएको छ । मुख्य कसुरदार भने महरालाई बनाइएको छ । प्रतिवादीविरुद्ध ७ करोड ७८ लाख ८६ हजार ९५ रुपैयाँ १९ पैसा विगो माग दाबी गरिएको छ ।





