बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हेमजामा आजदेखि आलु महोत्सव

हेमजामा आजदेखि आलु महोत्सव

महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८२, शुक्रबार

पोखरा/राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएकोछ । यही वैशाख ५ गतेसम्मसंचालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सव सुरु हुनुपूर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ । उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्नसय वटा व्यापारिक स्टल रहनेछन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ रु.१ सय तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार हुनेछ ।

महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीलगायतका गतिविधि पनि संचालन गरिने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->