बागलुङ/धौलागिरि कालिका यातायात प्रा.लि.को अध्यक्षमा दिनेश बोहोरा सर्वसम्मत चयन भएका छन् । प्रा.लि.को आइतबार सम्पन्न सातौँ साधारणसभा तथा तेस्रो अधिवेसनले बोहोराको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, उपाध्यक्षमा भिमबहादुर केसी ‘बाबुराम’, महासचिवमा भरत गौतम, सचिवमा पदमबहादुर कार्की र कोषाध्यक्षमा हेमलाल खरेल, सदस्यहरुमा नरबहादुर गुरुङ, लक्ष्मण सापकोटा, सुरेन्द्र केसी, लोकबहादुर खड्का कुमार र खिमबहादुर खड्का रहेका छन् ।
सातौं साधारणसभा तथा तेस्रो अधिवेसनको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गर्दै यातायात क्षेत्रलाई व्यवसायिकसंगै सेवामुखी बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा प्रा.लि.का संरक्षक कुमार खड्का, पूर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर कुँवर, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, धौलागिरि गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसी, प्रा.लि.का कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा महासचिव दिनेश बोहोराले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कर्मचारी नगेन्द्र बोहोरा, पुजा कुँवर, पार्किङ जग्गादाता प्रेमबहादुर क्षेत्री, चालक तथा व्यवसायीलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
प्रा.लि.मा २ सय बढि जीपहरु दर्ता भई संचालन भएको र बागलुङ जिल्लाबाट पोखरा, काठमाण्डौं, नारायणगढ, गल्कोट, बुटवल, बेनी, बुर्तिवाङहुँदै झिवाँखोला, बरेङ लगायतका स्थानमा सेवा दिदै आएको अध्यक्ष बोहोराले जानकारी दिए ।





