शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, स्रोत ‘फेसबुक र युट्युब’

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, स्रोत ‘फेसबुक र युट्युब’

प्रधानमन्त्री शाहकी श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो सुन पैतृक सम्पत्ति रहेको उल्लेख छ ।

  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

पोखरा / प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण आईतवार सार्वजनिक गरेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौं र धनुषामा घर तथा जग्गा रहेको छ। उनको नाममा काठमाडौंमा ९ आना र धनुषामा १.२ बिघा जग्गा तथा घर रहेको छ । उनले महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ।

प्रधानमन्त्री शाहसँग १५० तोला पैतृक सुन रहेको छ। उनको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको र उक्त रकमको स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्स रहेको सम्पती विवरणमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री शाहकी श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो सुन पैतृक सम्पत्ति रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->