पोखरा / नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले बेगनासताल किनारमा फिस फेष्टिवलको आयोजना गर्ने भएको छ । सोमबार हुने महोत्सवमा बेगनास, रुपालगायत लेखनाथमा भएका अन्य तालबाट पनि माछा ल्याएर बिक्री गरिने संस्थापक अध्यक्ष सुरेश लामिछानेले जानकारी दिएका छन् ।
वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेश्यले माछा महोत्सव गर्न लागिएको हो । सोमवार दिउसो २ ः०० बाट औपचारीक कार्यक्रम सुरु गरि विविध साँस्कृतिक कार्यक्रमसहित राति १२ः०० वजे नयाँ साललाई स्वागत गर्ने कार्यक्रम तय गरिएको संस्थाकी महासचिव शक्ति श्री कोइरालाले जानकारी दिएकी छन् ।





