शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कोराला नाका नजिकै जिप दुर्घटनाः चालक घाईते, अरु सकुशल

कोराला नाका नजिकै जिप दुर्घटनाः चालक घाईते, अरु सकुशल

काठमाडौंबाट पोखरा हुँदै नाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको टोयटा हायस जिप अनियन्त्रित भई सडकबाट खसेको हो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०८२, सोमबार

पोखरा/नेपाल-चीन सीमास्थित मुस्ताङको कोरला नाका नजिकै एक जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै नाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको टोयटा हायस जिप अनियन्त्रित भई सडकबाट खसेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्मका गणपति डिएसपी भेषराज गिरीका अनुसार नाकाभन्दा करिब एक किलोमिटर दक्षिणतर्फको भिरालो सडकमा आइतबार बिहान जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी काठमाडौंको तारकेश्वर नगरपालिका-५ टोखा निवासी ३१ वर्षीय चालक नागमिन सुब्बा घाइते भएका छन्। जिपमा चालकसहित पाँच जना सवार रहे पनि अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते चालकलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको डिएसपी गिरीले जानकारी दिए । कच्ची र भिरालो सडकका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->