शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बीमाको आवश्यकताबारे छलफल

बीमाको आवश्यकताबारे छलफल


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८३, शुक्रबार

बागलुङ/नेपाल बीमा प्राधिकरणद्वारा बागलुङमा सरोकारवालाबीच अन्तरक्रिया र छलफल गरेको छ । प्राधिकरणको गण्डकी प्रदेश प्रमुखसमेत रहेका शम्भु मिश्रसहितको टोलीले बागलुङमा रहेका सबै जीवन तथा निर्जिवन बिमा कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गरेका हुन् ।

उक्त अवसरमा बीमाको आवश्यकता र औचित्यबारे मिश्रले प्रकाश पारेका थिए । पहिला बीमाको चलन नभएपनि अब भने हरेक क्षेत्रमा बीमा आवश्यक भएको उनले बताए । जीवन बिमा गर्नेहरु बढे पनि निर्जीवन बीमा गर्नेहरुलाई अझै बुझाउन नसकिएको उनले बताए ।

कृषि, उद्योग, व्वयसाय लगायतको क्षेत्रमा पनि बीमा गर्दा फाइदा पुग्ने मिश्रको भनाइ छ । उनले विशेष गरी किसानहरुले कृषि बिमा गर्नै पर्ने बताए । ‘कृषि क्षेत्रमा खडेरी, बाढी पहिरो, विषम परिस्थिति समेतले उत्पादनमा समस्या आयो भने किसानहरु मर्कामा पर्छन्, त्यो बेला बीमाले राहत दिन्छ,’ उनले भने, ‘समयमा कृषि बिमा गर्दा संभावित खतरा टार्न सकिन्छ ।’ हरेक वर्ष विषम परिस्थित आउने नभइ मौकामा आउने भएकोले बीमा अनिवार्य भएको उनले बताए ।

त्यस बाहेकका सवारी साधन, अन्य वस्तु तथा सेवामा पनि बिमा आवस्यक भएको सहभागिले समेत बताएका थिए । कार्यक्रममा बीमाको आवस्यकताबारे डकुमेन्ट्री पनि प्रर्दशन गरिएको थियो । बागलुङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरुले पनि बीमाको आवश्यकताबारे धारणा राखेका थिए । कार्यक्रममा एक सयबढी सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->