आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८३, आइतबार

पोखरा/पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो ।

शनिबार आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख सुदिप खतिवडा, सहकारी अध्यक्ष पोषराज पौडेल तथा कृषि उपसमिति संयोजक माधव प्रसाद पौडेलले कृषकहरुलाई मौरी घार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख खतिवडाले घार्मी गाउँ मौरी पालनका लागि उपयुक्त क्षेत्र रहेको बताउँदै, सहकारी संस्थाको पहलमा यस क्षेत्रलाई मौरी पालन अनुदानका लागि छनोट गरिएको बताए । उनले कृषकहरुलाई लगनशील भई कार्य गरि आफ्नो व्यवसाय वृद्धि गर्न सुझाव दिए ।

सहकारी अध्यक्ष पोषराज पौडेलले सहकारीले स्थानीय कृषकहरुको समस्या, आवश्यकता र अवधारणालाई सम्बोधन गर्दै निरन्तर अघि बढिरहेको र भविष्यमा पनि यस्ता खालका कृषक लक्षित योजनाहरु ल्याउने बताए । सो अवसरमा सक्षम बि फर्मका निर्देशक रमेश पौडेलले कृषकहरुलाई मौरी पालन सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

सहकारीका उपाध्यक्ष प्रदीपराज पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव राजकुमार पौडेलले गरेका थिए । हावापानी र भौगोलिक अवस्थाका कारण उक्त क्षेत्र मौरी पालनका लागि उपयुक्त रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->