शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

एनटिभिएको क्यालेन्डर लोकार्पण

एनटिभिएको क्यालेन्डर लोकार्पण


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८३, आइतबार

पोखरा/नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, दररेट सार्वजनिक एवम् क्यालेन्डर लोकार्पण गरेको छ ।

कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रमुुख अतिथि पहारीले पर्यटक यातायातले नेपालको समग्र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । नयाँ वर्षमा पर्यटन व्यवसायको विकासमा थप उपलब्धि हासिल हुने उनको भनाइ थियो ।

एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष रविप्रसाद आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय तथा व्यवस्थित गराउनेतर्फ संघ लागिरहेको जानकारी दिए । नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकाससँगै व्यावसायिक सफलता हासिल गराउने उनको भनाइ थियो ।

क्यालेन्डर प्रकाशन संयोजक एवम् संघका महासचिव श्याम लामिछानेले सञ्चालन गर्नुुभएको कार्यक्रममा पूर्वअध्यक्ष एवम् सल्लाहकाहरू बोबरजंग गुरुङ, बाबुराम पाण्डे, सल्लाहकार गणेश सापकोटा, निवर्तमान अध्यक्ष दुर्गादत्त दहाल, दररेट प्रकाशन समितिका संयोजक एवम् संघका प्रथम उपाध्यक्ष विकासप्रसाद कंडेललगायतले नयाँ वर्षका अवसरमा सबैमा पारिवारिक सुख शान्ति, समृद्धि सँगै व्यवासायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->