आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा विक्रम

घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा विक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् ।

समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल राना मगर, सुशान्त गुरुङ, रामबहादुर परियार छन् । सल्लाहकारमा धुव्र गुरुङ र चक्रबहादुर गुरुङ चयन भए ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा चालु आर्थिक वर्ष २०८२÷०८३ मा समितिलाई नेपाली पाहुनामार्फत सबैभन्दा बढी शुल्क बुझाउने वल्र्ड भिलेजका सञ्चालक अमृतप्रसाद गुरुङ र गाइड पोटरमार्फत सबैभन्दा बढी शुल्क बुझाउने होटेल बृज गेष्ट हाउसका सञ्चालक सुवास गुरुङलाई सम्मान गरिएको थियो ।

यस्तै घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड घान्द्रुकको संयुक्त आयोजनामा गत फागुन ६ देखि ९ गतेसम्म आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव १२ लाख रुपैयाँ बचत गर्न सफल भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको सक्रियतामा घान्द्रुक चक्रीय पदमार्ग, बसपार्क लगायत विभिन्न स्थानमा सिसी क्यामेरा, विद्युत पोलमा लाइट, फोहोर संकलन केन्द्र, बालाचेँ पार्क निर्माणसँगै आमासमूहलगायत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->