आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इलेक्ट्रो मेकानिकलको शुभकामना

इलेक्ट्रो मेकानिकलको शुभकामना


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार

पोखरा/इलेक्ट्रो मेकानिकल संघ नेपाल कास्कीले नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन गरेको छ ।

संघको वार्षिक कार्यक्रमअन्तर्गत पोखरामा रहेका ईलेक्ट्रो मेकानिकल व्यवसायीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा नयाँ वर्ष २०८३ भित्रे पात्रो विमोचन गरिएको हो ।

संघले प्रकाशन गरेको भित्रे पात्रो विमोचन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आम व्यवसायीहरुको ब्यवसाय प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघले अभिभावकको भूमिका निभाउँदै आएको र संघमा आवद्ध वस्तुगत ब्यवासायिहले बजारमा देखिएका समस्याको निक्र्यौल गरी समयको अनुरुप परिस्कृत हुनका लागि अनुरोध गरेका थिए ।

इलेक्ट्रो मेकानिकल संघ नेपाल कास्कीका अध्यक्ष बलभद्र नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य,सगरमाथा सप्लायर्सका संचालन ओम प्रकाश आचार्य,संघका निवर्तमान अध्यक्ष कृष्णराज गौतम,सल्लाहकार संयोजक गोविन्द पौडेल,पोखरा इलेक्ट्रीकल एसोसियसनका पोखराका अध्यक्ष अमृत पोखरेल,संघका कानुनी सल्लाहकार सुकदेव गौतम,संघका साधारण सदस्य आशा देवकोटा र दिनेश प्रधानलगायतले व्यवसायीहरुको एकताका बारेमा चर्चा गरेका थिए ।

संघका महासचिव रेशम गुरुङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष माधवप्रसाद तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->