आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बेनीबाटै करदाता सेवा दिन शुरु

बेनीबाटै करदाता सेवा दिन शुरु


  • अमृत बास्कुने
  • बैशाख ८ २०८३, मंगलबार

म्याग्दी/बेनी नगरपालिकाबाटै व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (पान)को काम हुन थालेको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले एक समारोहका बीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरेर सेवा प्रवाहको औपचारिक सुरुवात गरेका हुन् ।

नेपाल सरकारले गत वर्षको कात्तिक १७ गते करदाता सेवा स्थानीय तहबाट प्रदान गर्ने निर्णय गरे अनुसार म्याग्दीमा पहिलो पटक बेनी नगरपालिका यो सेवाको सुरुआत गरिएको हो । धौलागिरी अञ्चल भित्र पर्वतको पैंयु गाउँपालिका र बागलुङको गलकोट नगरपालिकाबाट पालिकाले कर सम्बन्धी काम गर्न यसअधि नै थालिसकेका थिए ।

बेनी नगरपालिकाले सेवा सुवारम्भ गरेको अवसरमा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरपालिकाले कुनै पनि प्रकारको थप शुल्क नलिने, आन्तरीक राजश्व कार्यालयको सेवा लिन अन्यत्र जान नपर्ने र नागरिक पहिलो पक्ष हो भन्ने नगरपालिकाले मनन गरेको बताए ।

सेवाले प्रशासनीक संघीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउने आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख सिलवालले बताए ।

राजश्व कार्यालय प्रमुख सिलवालका अनुसार कर कार्यालय बागलुङको कार्यक्षेत्र भएका साविकको धवलागिरी अञ्चल भित्रका बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका स्थानीय तहहरु रहेको र हाल सम्म ३ स्थानीय तहले मात्रै यो सुविधा दिन थालेको छ ।

स्थानीय तहबाटै करदाता सेवा सञ्चालन भएपछि दुर्गमका सेवाग्राहीले बागलुङ जानुपर्ने बाध्यता अन्त्य हुने र सेवा प्रवाह थप प्रभावकारी बन्ने बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । उनले बेनी नगरपालिकामा करदता सेवा प्रदान गर्न नगरका राजस्वशाखाका चारजना कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->