शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उद्योग व्यापार महासंघ गण्डकीको अधिवेशन बागलुङमा

उद्योग व्यापार महासंघ गण्डकीको अधिवेशन बागलुङमा

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय ५० जना प्रतिनिधि सहभागि हुनेछन् ।


  • ढाेरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार

बागलुङ/आगामी बैशाख १२ गते नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बागलुङ बजारमा हुने भएको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय ५० जना प्रतिनिधि सहभागि हुनेछन् । महासंघ गण्डकी प्रदेशको बैठकले अध्यक्ष जनकराज पराजुलीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरेको अधिवेशनको तयारी थालेको छ ।

बैठकले कार्यक्रम संयोजकमा अर्जुन चोखाल, म्याग्दी संयोजकमा मोती पौडेल, पर्वत संयोजकमा दिपक अधिकारी, आर्थिक संयोजकमा गोकुल प्रसाद कँडेल, सदस्यहरुमा लालबहादुर पुन, ललिता थापा, हेमलाल पौडेल, व्यवसायीक प्रायोजन संयोजक मनोविज्ञान श्रेष्ठ, सदस्य मनकाजी विश्वकर्मालाई जिम्मेवारी तोकेको छ ।

यस्तै, सभा कक्ष व्यवस्थापन संयोजकमा गगनबहादुर पुन मगर, अतिथि सत्कार संयोजकमा रतन मलेपती, प्रचार प्रसार संयोजकमा अनिष खाती र सदस्यहरु विनोद थापा, दिलिप पर्तेल, दिनेश जिसी, पालिका संयोजक प्रकाश पौडेल, खाजा÷खाना व्यवस्थापन संयोजकमा कविता बस्नेत, सदस्यमा दिलिप केसी, सचिवालयमा भुपेन्द्र केसी, सुन्दरी श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, टेकबहादुर विकलाई जिम्मेवारी प्रदान गरेको छ ।

गण्डकी प्रदेशमा नीजि क्षेत्रको लगानी भित्राउन, व्यवसायीक र औद्योगिक गन्तव्यको रुपमा विकास र समक्ष नेतृत्व चयन गर्न अधिवेशन हुन लागेको नेपाल उद्योग व्यापार महासंघका कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले जानकारी दिए ।

अधिवेशनको तयारीस्वरुप अहिले आर्थिक उपसमितिले बागलुङ, म्याग्दी र पर्वतका स्थानीय पालिका, उद्योगी र व्यवसायीसँग सहकार्यका लागि भेटघाट तथा छलफल गरिरहेको छ ।

अधिवेशनमा ऐतिहासिक व्यवसायीक सामग्रीहरु प्रदर्शन गरिने भएको छ । अधिवेशनका अतिथीसहित प्रतिनिधिहरुलाई बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने कार्यक्रम समेत तय भएको नेपाल उद्योग व्यापार महासंघ म्याग्दीका अध्यक्ष मोती पौडेलले जानकारी दिए ।

नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्घाटन गर्ने अधिवेशनमा नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, उपाध्यक्ष गोपी अधिकारी, महासचिव खिमलाल पराजुली पनि उपस्थित हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->