बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघमा हङकङ चेम्बरका महासचिव

पोउवा संघमा हङकङ चेम्बरका महासचिव


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८३, बुधबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघले आफ्नो भगिनी संस्था नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव ड्यानी वरदान गुरुङको स्वागत तथा सम्मान गरेको छ ।

पारिवारिक भेटघाट तथा काम विशेषले पोखरा आएका महासचिव गुरुङलाई संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुबाट स्वागत र सम्मान गरिएको पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।

सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा र समग्र नेपालको आर्थिक विकासको लागि हङकङका उद्योगी÷व्यवसायी तथा नेपालीहरुलाई सहजीकरणको लागि हङकङ चेम्बरसँग अनुरोध गरे । पोखराको उद्योग÷व्यवसायसहित खेल, स्वास्थ्य र साहसिक पर्यटनको क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको उहाँको भनाइ थियो ।

सम्मान कार्यक्रममा संक्षिप्त धारणा राख्दै नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव गुरुङले दुई संघबीचको भाइचारालाई द्विपक्षीय लगानी साझेदारी, लगानीका नयाँ क्षेत्रको खोजीमा लगाउन आफूहरु तयार रहेको बताए ।

पोउवा संघ र नेपाल चेम्बर अफ कमर्स हङकङसँग सन् २०१८ मा नै आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो भने करिब ३ वर्षअघि हङकङ चेम्बरको १५ औं वार्षिकोत्सवमा संघका तत्कालीन अध्यक्ष पवनकुमार प्रजापति सहभागी हुने क्रममा सहमतिलाई अझ फराकिलो बनाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->