शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ उवासंघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच समझदारी

बागलुङ उवासंघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच समझदारी

सम्झौताअनुसार जिल्लाका सबै १० स्थानीय तहमा कृषि, वन, लघु उद्यम, पर्यटन तथा जलस्रोतका क्षेत्रमा सम्भावित परियोजनाहरूको अध्ययन गरिनेछ ।


  • ढाेरपाटन संवाददाता
  • बैशाख १० २०८३, बिहिबार

बागलुङ/जिल्लाको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक सुधारलाई केन्द्रमा राख्दै दुई महत्वपूर्ण संस्थाबीच समझदारी भएको छ । बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच जिल्लाको समग्र विकासका लागि आठ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त सम्झौतामा उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य र अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जिल्लाका सबै १० स्थानीय तहमा कृषि, वन, लघु उद्यम, पर्यटन तथा जलस्रोतका क्षेत्रमा सम्भावित परियोजनाहरूको अध्ययन गरिनेछ । प्रत्येक पालिकामा कम्तीमा १० वटा परियोजनाको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली परिचालन गरिने जनाइएको छ । त्यसैगरी, युवा, महिला तथा सर्वसाधारणलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने र उद्योग–व्यापारसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने योजना पनि अघि सारिएको छ ।

दुवै संस्थाले संयुक्त रूपमा कम्तीमा १०० वटा व्यावसायिक योजनाको विस्तृत प्रतिवेदन तयार पार्ने सहमति गरेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणलाई टेवा पु¥याउन ‘बागलुङ कोसेली घर’ स्थापना गरिनेछ, जसको व्यवस्थापन उद्योग वाणिज्य संघले गर्नेछ भने अन्तर्राष्ट्रिय बागलुङ समाजले बजार विस्तारमा सहयोग गर्नेछ ।

परियोजनाहरूको विस्तृत प्रतिवेदन तयार भएपछि लगानी आकर्षित गर्न स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिहरूसहित लगानी सम्मेलन आयोजना गरिनेछ । यसका साथै, प्राकृतिक विपद् र महामारीका समयमा पनि दुवै संस्थाले आपसी समन्वयमा राहत तथा परोपकारी कार्यहरू सञ्चालन गर्ने सहमति गरेका छन् ।
यस्ता कार्यमा सरकारी निकाय, निजी क्षेत्र र विदेशस्थित नेपाली संघसंस्थाहरूसँग समेत सहकार्य गरिने बताइएको छ ।

सम्झौता कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव प्रेम सागर पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम तथा सह–कोषाध्यक्ष चन्द्रराज रेग्मी रोहवरका रूपमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->