शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरकारले लगानीको वातावरण बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

सरकारले लगानीको वातावरण बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८३, आइतबार

बागलुङ/नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले उद्योगी व्यवसायीको हितमा सरकारले प्रोत्साहन र राहतका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

शनिबार बागलुङ बजारमा आयोजित नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले व्यवसायीहरुलाई हतोत्साही पार्ने कुनैखाले गतिविधिलाई सरकारले निरुत्साहित गर्न आवश्यक रहेको बताए । व्यवसायीलाई हतोत्साही बनाउन नहुँने बताउँदै लगानीको वातावरण तयार गर्न सरकार लाग्नुपर्ने श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष गोमा ढकाल, महासचिव खिम नारायण पराजुली, नेकपा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बराल, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, लेखनाथ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपीचन्द्र बास्तोला, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी उपाध्यक्ष सृजना पन्त, धौलागिरी प्रादेशिक अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले कोषाध्यक्षको प्रतिवेदन तथा अध्यक्ष जनकराज पराजुलीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको स्वागत तथा कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->