शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

स्थापना दिवसमा बुद्ध सहकारीद्वारा खाद्यान्न र शैक्षिक सामाग्री वितरण

स्थापना दिवसमा बुद्ध सहकारीद्वारा खाद्यान्न र शैक्षिक सामाग्री वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८३, मंगलबार

पोखरा/  १९ औं वर्षमा प्रवेश गरेको अवसरमा पोखराको विशालबजार स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाले पोखरा—२३, माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रमलाई सहयोग गरेको छ ।

सहकारीका अनुसार आश्रममा आश्रित विद्यार्थीका लागि नगद, खाद्यान्न र शैक्षिक समाग्री सहयोग गरिएको हो । सहकारीका अध्यक्ष वासुदेव पराजुली र कार्यक्रम संयोजक एवं सहकारीका उपाध्यक्ष दिपककुमार मुल्मीले आश्रमका अध्यक्ष निशेषानन्द महाराजजीलाई नगद, खाद्यान्न र शेक्षिक सामाग्री प्रदान गरे ।

कार्यक्रममा संस्थाका संचालकहरु, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमितिका संयोजक एवं सदस्यहरु, कर्मचारी, आश्रमका कार्यसमितिका पदाधिकारीहरु, बिद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको सहकारीका सचिव प्रजनकुमार थापाले जानकारी दिए ।

सहकारीको यस्तो सहयोगको कार्यक्रमले सकरात्मक सन्देश प्रवाह गरेको भन्दै आश्रमका अध्यक्ष निशेषानन्दले सहकारीप्रति आभार व्यक्त गरे । यस्तै सहयोगले आश्रम चलेको उनको भनाई थियो ।

४ करोड ७३ लाख शेयर पुजी, ४ करोड २५ लाख जगेडा तथा अन्य कोषहरु रहेको सहकारीले ३७ करोड निक्षेप तथा ३६ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । साथै सहकारीले आफ्ना सदस्यहरुलाई विभिन्न किसिमका वित्तिय सेवा प्रदान गर्दै आइरहेको व्यवस्थापक नारायण तिवारीले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->