बागलुङ/नेपाल हस्तकला महासंघको सहयोग तथा बागलुङ हस्तकला संघको आयोजनामा सञ्चालित १० दिने क्रिष्टलको गहना बनाउने तालिम आइतबार सम्पन्न भएको छ । तालिम समापनमा सहभागि ४० जनालाई बागलुङ हस्तकला संघका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजु र संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै बागलुङ हस्तकला संघका संस्थापक संरक्षक छोटाले हस्तकला संघले विभिन्न खालका सफल उद्यमीहरु तयार गरेको बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिमको सहजिकरण संस्थाका उपाध्यक्ष ज्योती श्रेष्ठले गरेकी थिइन् । १० दिने तालिम अवधिभर सहभागिले क्रिष्टलको माला, चुरा, टप, औठी लगायतका आकर्षक गहना तयार गरेका थिए ।
कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक अध्यक्ष इन्द्रक्ुमारी श्रेष्ठ, सल्लाहकार ईश्वर मलेपति, पत्रकार कोपीला कँडेल र तालिमका सहभागि साधना मलेपति र कविता श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बागलुङ हस्तकला संघका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत र महासचिव सम्झना राजभण्डारी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।





