पोखरा/ जेनजी आन्दोलनका क्रममा ध्वस्त पोखराको भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ । स्टोरको भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीले उद्घाटन गरे ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आजैदेखि नियमित सेवा सुरु भएको छ । ग्राहक सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको पनि उनले बताएका छन्। सेवा द्यैनिक बिहान १० बजेबाट सुरु हुनेछ ।
पौडेलले फेरि पनि सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वास रहनेमा आशावादी रहेको बताए ।






