शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कोरला नाकामा मुस्ताङका स्थानीय व्यापारीलाई चीनद्वारा एक वर्षका लागि निशुल्क सटर

कोरला नाकामा मुस्ताङका स्थानीय व्यापारीलाई चीनद्वारा एक वर्षका लागि निशुल्क सटर


  • ढाेरपाटन संवाददाता
  • बैशाख २१ २०८३, सोमबार
कोरला नाकास्थित चीनतर्फको व्यापारिक भवनमा रहेको एक पसल । फाइल तस्बिर लालप्रसाद शर्मा

मुस्ताङ/  लोमन्थाङ गाउँपालिकासँग जोडिएको नेपाल चिन सिमानास्थित कोरला नाकाको २४ नं. सिमा स्तम्भ नजिक रहेको चिनको लिक्ची नाकाको व्यापारिक केन्द्र रहेको भवनमा लोमन्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका स्थानीय व्यापारीहरूका लागि व्यापार गर्न एक वर्षका लागि निशुल्क सटर उपलब्ध हुने भएको छ ।

चीनको तिब्बतस्थित ढोङपा काउण्ट्रिले पहिलो वर्ष निशुल्क र दोस्रो वर्षदेखि तोकिएको सटरको तोकिए बमोजिमको भाडा बुझाउने गरी सटर उपलब्ध गराउने भएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले आज एक सूचना जारी गर्दै ईच्छुक स्थानीय व्यापारीहरूले आफु र वडा अध्यक्षहरुसंग सम्पर्क राख्न भनेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->