बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एलभीडीको सोरूम पोखरामा

एलभीडीको सोरूम पोखरामा


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

पोखरा/पोखराको चिप्लेढुंगामा एलभीडी ब्राण्डको शाखा खुलेको छ । एलभीडी नेपालीले तयार पारेको ब्राण्ड हो । मित्रराष्ट्र चीनबाट आयात गरिने भए पनि एलभीडीका उत्पादनहरु नेपाली उपभोक्ता लक्षित छन् ।

यो ब्राण्डका कपडाहरु नेपालीको रुची र चाहना अनुरुप तयार पारिएको छ । पोखरा शाखामा गुणस्तरीय पाईन्ट, सर्ट, टि–सर्ट, ज्याकेट, हाफ ज्याकेट, कोट, सुट पाइन्टहरु उपलब्ध रहेको यसका संचालक सुनिलबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार २ हजारदेखि १५÷२० हजारसम्म पर्ने टिसर्टदेखि सुटपाइन्टसम्म स्टोरमा उपलब्ध छन् । सो शाखाको सोमबार पूर्वमिसनेपाल माल्भिका सुब्बाले उद्घाटन गरेकी हुन् । ब्राण्डको यो ११ औं शाखा भएको भट्टराईले बताए ।

काठमाडौंमा १० वटा शाखा रहेको एलभिडीको राजधानी काठमाडौं बाहिर भने यो पहिलो शाखा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->