बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रतिनिधि सभा निर्वाचन २०८२ र पर्यटन प्रवर्द्धन भ्रमण

प्रतिनिधि सभा निर्वाचन २०८२ र पर्यटन प्रवर्द्धन भ्रमण


  • याम बहादुर थापा मगर
  • बैशाख २२ २०८३, मंगलबार

प्रतिनिधी सभाको निर्वाचन र सहभागी
प्रतिनिधी सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुने पक्का भयो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मागबमोजिम आवधिक निर्वाचन हुनुभन्दा पहिले नै प्रतिनिधी सभाको निर्वाचन हुने तर प्रदेश तह र स्थानीय तहको निर्वाचन भने नहुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले निर्वाचनमा खटिने कर्मचारीको नामावली प्रकाशित गरिसकेको थियो । को–को कहाँ–कुन मतदान केन्द्रमा कर्मचारीहरु खटिएका छन् भनेर बजार हल्ला हुन थाल्यो । तर मेरो नाम कुनै पनि मतदान केन्द्रमा नखटाएको भन्ने सुचनामा पटक पटक नामावली हेर्दा पनि नाम नभेटेपछि चुनावमा नखटाएको होला भन्ने आभास हुन थाल्यो । कार्यालयका साथीहरुले पनि खै सरको नाम भेटिएन त भन्न थाले । मैले थाहा भएन भनेर जवाफ दिन थाले । उता मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमको पनि सुचना सामाजिक सञ्जालमा देख्न थाले । कुनै कुनै साथीहरुले चुनावमा कहाँ खटिनु भएको छ भन्दा मलाई खटाएको छैन भने भन्दा विश्वास गरेनन् । कतै तपाईं कर्मचारी ट्रेड युनियनमा आवद्ध त हुनुहुन्छ कि भनेर सोध्दा म अहिले कुनै पनि कर्मचारी संगठनमा आबद्ध नभएको जानकारी दिए । तर कर्मचारीहरुले सञ्चालन गरेको राष्ट्रसेवक सहकारीमा शिक्षा समितिको संयोजक पदमा बहालवाला रहेको छु । म विगतमा भने कर्मचारी संगठनमा जिल्ला समितिमा आवद्ध रहेको थिए ।

प्रतिनिधि सभा निर्वाचनको लागि खटाउने कर्मचारीको नामावली प्रकाशित भइसकेपछि मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमको लागि सहभागी हुने दिन आउन लागिसक्यो । मैले साँझको समयमा सहायक मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सरकारी वकीलको कार्यालय बागलुङका कार्यालय प्रमुख पुर्ण प्रसाद शर्मालाई फोन गरेर मलाई के कारणले हो निर्वाचनमा नखटाएको भनेर जानकारी माग गरे । उहाँले मलाई कार्यालयको नाम, पद र मोबाइल नम्बर पठाउनको लागि अनुरोध गर्नुभयो । मैले तुरुन्तै सो विवरण म्यासेज गरेर पठाए । केही समयपछि प्राविधिक त्रुटीका कारणले हजुरको नाम छुटेको जानकारी दिदै निर्वाचनमा अनिवार्य खटाउनेबारे जानकारी दिनुभयो । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको प्रशिक्षणमा धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा नमुना मतदानको प्रशिक्षण लिन पुगे । तर कुन मतदान स्थलमा परेको भन्ने यकिन भै सकेको थिएन । प्रशिक्षण लिंदै गर्दा सहभागीहरुको हाजिरी विवरण संकलन भै सकेको थियो तर मेरो सहभागी दस्तखत भएन । मैले हाजिरी विवरणमा दस्तखत गराउने कर्मचारी साथी शिव प्रसाद शर्मालाई जिज्ञासा राख्दा हजुरको कुन मतदान केन्द्र हो निश्चित गरेर मात्र सही गराउँछु भन्नुभयो । मलाई प्रशिक्षणमा प्रशिक्षकले अध्यापन गरेको विषयवस्तुभन्दा मलाई कुन स्थानमा खटाउने होला भन्ने कौतुहलता लागि मन स्थिर थिएन । अन्ततिर शिव प्रसाद शर्मा सरले काठेखोला गाउँपालिका–४ तङग्रामको धारा माध्यमिक विद्यालयको केन्द्रमा नाम राखेर मलाई हाजिर गर्ने काम भएपछि तुरुन्तै मतदान अधिकृतले सम्पर्क गरेपछि परिचय कार्यक्रम समेत भयो । मैले मतदान अधिकृतलाई चिनेको प्रध्यानापक र शिक्षक साथीहरु हुुनुहुन्छ भनेपछि हजुरले गर्दा सजिलो हुने भयो भनेर वार्तालाप भयो ।

नमुना मतदान कार्य क्याम्पसको चौरमा चलिरहेको थियो । मलाई सह प्रा.डा. मान बहादुर खत्रीले क्याम्पसको चमेना गृह भवनमा भेटघाट गर्नका लागि फोन गर्नुभयो । मेरो उहाँसँग भेटघाट गर्ने योजना पाँच÷छ दिन अगाडीको थियो । मैले स्नातकोत्तर तह एमए समाजशास्त्र मानवशास्त्रको शोधपत्र भकुण्डे माझरको मगर समुदायको झाम्रे गीतका बारेमा तयार पारेको शोधपत्र बाह्रय शोध निर्देशक उहाँ नै भएकोले थेसिसमा सही गराएर मुल्याङकनको अंक तयार गर्नु थियो । मेरो भेटघाट मान बहादुर खत्रीसँग पनि सकिने, उता नमुना मतदान कार्यसमेत सम्पन्न थियो । तर अन्तमा सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले याम सर हजुरको नाम गल्तीले रेजा लाग्न पुगेछ है नाम टाइप गर्ने समयमा त्यसैले सल्यान सुखौरा माध्यमिक विद्यालयको ख मतदान केन्द्रमा हजुरलाई खटाइएको छ भन्नुभयो । मलाई कुन स्थानमा खटाइएको होला भन्ने अनिश्चिततामा रनभुल्लमा थिए । स्थायी लेखा नम्बर मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्युटर अपरेटरले माग गरेपछि पनि कुन स्थानमा भन्ने पक्का भइसकेको थिएन । फेरी अर्को सल्यान सुखौरा माध्यमिक विद्यालय सल्यानको मतदान केन्द्र ‘ख’ का यम प्रसाद शर्माले फोन गरेर लौ सर हजुर हाम्रो टिममा पर्नुभएको छ भनेर जानकारी दिनुभयो । उता मैले धारा माविमा निर्वाचनमा परेको भनी चिनेका साथीहरुलाई फोन, सामाजिक सञ्जालमार्फत जानकारी दिएको थिए । स्वागत छ सरलाई भनेका थिए । तर मेरो अन्तमा सल्यानको सल्यान सुखौरा मावि बरेङमा भएको र नियुक्ति पत्र मतदान अधिकृत यम प्रसाद शर्माले बुझिदिनु भएको रहेछ ।

बरेङको सल्यान सुखौरा माध्यमिक विद्यालयमा तय
सहायक मतदान अधिकृतको रुपमा सल्यान सुखौरा माविमा खटिएपछि पर्यटन भ्रमणको योजना बुन्न थाले । तङग्राममा चुनावमा खटिएको कहाँ कहाँ घुम्ने होला भन्ने योजना बुनेको त पुरा नहुँदै तुहेको थियो । सल्यानमा जाने तय भएपछि मैले राङखानीका मित्र मित्रबहादुर थापा साथीलाई फोन गरे । हाँडिकोटमा जाने भनेर । अर्को साथी जैमिनी नगरपालिकामा कार्यरत पृथबहादुर थापालाई पनि फोन गरेर तर हाँडिकोट जाउँला भनेर अनुरोध गरे तर व्यक्तिगत काममा व्यस्त भएकोले जान सक्नुभएन । म कुश्मीशेरा बजारमा पुग्दा हल्का चियापान र आराम गर्ने भनेर बिसाउँदा जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ सापकोटा, नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सल्लाहाकार समितिका सदस्य नवराज पौडेल, रायडाँडाका रेशम शर्मा, दमेकमा साथी कृष्णलाल सापकोटा लगायतका साथीहरुसँग सामुहिक फोटो खिचेर सम्झनालायक समय बनाउने काम भयो ।

मित्रबहादुर थापालाई कुश्मीशेरामा आएको र तपाईको घरमा आउन कति समय लाग्छ भनेर जानकारी लिने काम भयो । केही समयको यात्रा पछि मित्र थापाले मलाई उहाँको घरको मोटरबाटोमा पर्खनुभएको रहेछ । थापाको घरमा म्याडमले पकाएको चिया पिउदै बाबा गाउँ विकास समितिका सचिव देवेन्द्र बहादुर थापाको प्रसँग समेत छलफल चलाउँदै चियापान पश्चात हामी दुई जना हाँडिकोट डाँडामा जाने गरी यात्रा अगाडी बढायौ । फेसबुकको वालमा धेरै देखेको तर प्रत्यक्ष भ्रमण गर्न नसकेको स्थान हाँडिकोट थियो । राङखानी माध्यमिक विद्यालय परिसरमा पुग्दा शिक्षक दुर्गाबहादुर थापा साथी भेटिनुभयो । सामान्य भलाकुसारी पश्चात सामुहिक तस्बिर लिएर हाँडिकोटको डाँडातिर पाइला चाल्यौं । यात्रा उकालो र वनको बाटो भएकोले एकल यात्रा कठिन हुने जस्तो लाग्यो । यात्रामा हामी फोटो खिच्दै, भिडियो बनाउँदै हाँडिकोट टावरमा थुप्रै डाँडाहरु हेरेर अत्यन्त मनमोहक पल बनाउने काम भयो । मैले धेरै वर्ष पहिलेदेखि पाइला चाल्न खोजेको हाँडिकोट डाँडामा फेरी होली पुर्णिमाको मेला लाग्ने वर्ष आउने योजना बुन्दै सुख शान्ती र समृद्धिको मनोभावना कल्पदै हाँडिकोटबाट यात्रा झर्ने क्रममा मित्रको मामाघरमा लोकल सुँगुरको मासु र भुटुवा खान निमन्त्रणा भएकोले अर्गानिक चामल राखेर भुटेको भुटुवा खाएर हामी नाम्दुक बजार जाने चोकबाट छुट्टिएर मित्र सरलाई धन्यबाद दिदै सल्यान सुखौराको यात्रामा अगाडी बढे ।

नाम्दुक बजारमा फन्को लगाएर साइनबोर्डको फोटो खिचेर बरेङ बजारको यात्रा तय गरे । बरेङ बजारमा चिया पिउने इच्छा हुँदाहुँदै नयाँबजार पुगेर सल्यान सुखौरा जाने उकालो वनको बाटो लागे । एक्लै भएकोले हल्का मनमा डरको सुक्ष्म भावना आएको थियो । सल्यान सुखौरा आउने ठाडो उकालो मोटरबाटोमा त अगाडी चितुवा सर्लक्क सर्लक्क पो हिंडेको देखे । मन डरायो । बाइकको हर्न लगातार बजाए । मोटरबाटो छेऊबाट चितुवा ओझेल पर्यो । मैले मतदान अधिकृत याम प्रसाद शर्मालाई फोन गरेर लौ सर मोटरबाटो चितुवाले छेक्यो । अगाडी बढ्न सकिन । साथीहरुलाई सहयोग गर्नका लागि पठाउन फोन गरे । मतदान अधिकृतले हुन्छ भन्दै एक जना निर्वाचन प्रहरी साथीलाई मोटरसाइकलमा पठाउनुभयो । तर जुन स्थानमा चितुवा हिंडदै गरेको बाटोमै सो साथी आएकोले चितुवा भागेछ भन्ने मलाई लाग्यो । मलाई सृजना भएको डर र कमजोरीपन हट्दै गयो । निर्वाचन प्रहरी पछि पछि म अघिअघि हुँदै सल्यान सुखौरा मावि परिसरमा पुगे ।

निर्वाचनमा खटिएका कर्मचारी तथा प्रहरी साथीहरुसँग चिनजान पश्चात सर्वदलिय बैठक, मतदान केन्द्र निर्माण, मेसको व्यवस्थापनपछि मतदान कार्य सम्पन्न शान्तिर्पुण तरिकाले भयो । सुखौरा गाउँको नजिकसम्म जाने काम पनि भयो । निर्वाचनमा सोचेभन्दा कम मतदान भएको अनुमान गर्दै मतदान अधिकृतलाई मतपेटिका जिम्मा लगाउने काम भयो ।

गुल्मीको शान्तीपुरमा एक रात
मालपोत कार्यालय बागलुङका कर्मचारी जुद्धबहादुर शाही र म शान्तीपुर बजारमा बस्ने योजनाले साँझमा पुग्यौ । रातको समय भएपनि शान्तीपुर बजार घुम्ने काम भयो । शान्तीपुर बजारमा बस्दा होटलको साहुजीसँग तम्घास, रेसुङगा मन्दिर, किरण पुस्तकालय तम्घास, रुद्रवेनी, खरवाङ, तिनमुखेपुल, झरना बगैंचा आदि स्थानबारे जानकारी लिने काम भयो । हामी तम्घास बजार पुग्ने योजना थियो तर मोटरबाटो उल्टो हुने र लामो समय लाग्ने भएकोले तम्घास हँुदै रेसुङगा जाने यात्रा रद्द गर्यौ । विस्तारै यात्रा झरना पार्कमा फोटो खिच्दै भिडियो बनाउँदै जाने काम भयो । बिचमा दोबाटो आउँदा सोध्दै अगाडी बढेर चोरकाटे बजारमा पुग्यौ । एकछिन रोकिएर चोरकाटे बजारबारे सोधनी र खोजनी गर्दा किन चोरकाटे राखेको भन्दा अर्थ र कारणबारे जानकारी थाहा हुन सकेन । चोरकोटे बजारको मुख्य चोकमा साइनबोर्डमा फोटो खिचेर तम्घास बजार, खरवाङ बजार, टक्सार बजार जाने बाटोको जानकारी लिएर हामी विस्तारै यात्रा रुद्रबेनी, तिनमुखे पुल रुरुक्षेत्रतिर अगाडी जाने काम भयो । रुद्रबेनी बजारमा खाना खाने निर्णय पश्चात ६ किलोमिटर अगाडी तिनमुखे पुलसम्म गएर फर्कने योजना बनाएर अगाडी बढने काम भयो । म यसभन्दा अगाडी सपरिवारसहित रुरुक्षेत्र तिनमुखे पुलमा भ्रमण गरिसकेको थिए । मेरो यात्रा तिनमुखे पुलमा दोश्रो पटकको थियो । फोटो खिच्ने, भिडियो बनाउने काम सकेर यात्रा बागलुङ बजार फर्कने योजना बन्यो । पुलमा मानिसहरुको आवतजावत बाक्लो रुपमा रहेको थियो । बडिगाड र कालीगण्डकी नदीको संगमस्थलको रुपमा चर्चित स्थान रहेको छ ।

तिनमुखे पुल अर्थात् रुरुक्षेत्र रिडीको ऐतिहासिक पक्षका बारेमा जानकारी लिने काम हुन पाएन । यात्रा बागलुङ बजारतिरको हुन थाल्यो । र्मिमि मुनी काली थुनेको स्थानमा कालीगण्डकी नदीमा बाँध बानेको दृश्य हेरेर रमाइलो मान्दै फोटो सेसन, भिडियो रेर्कड पश्चात कालीगण्डकी कोरिडोरको मार्ग हुर्दै विस्तारै आउने काम भयो । तर पुर्तिघाट बजारबाट पारी कालीगण्डकी पुल तरेर फलेवास हुँदै कुश्माबाट बागलुङ बजारमा आउने सरसल्लाह मुताविक हुने पाएन । जैमिनीघाटमा ऋषिमुनीको मुर्तिमा साथीहरुसँग सामूहिक फोटो खिचेर चियापान गर्यौ । सो दिनको समयमा देशव्यापी रुपमा चुनावी परिणाम आउने क्रम जारी थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आएको थियो । एक जना चिनेको साथीले मैले राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा भोट हाल्दै विगतदेखि आएको हाललाई चुपचाप घण्टीमा छाप भन्दै बकाइदा खुलेर भोट हालियो याम सर भन्दै भने । हामी बिचको चिया पार्टीको पैसा समेत तिर्नुभयो । मलाई बागलुङ जिल्लामा दुई सिट नै चुनाव घन्टीले जित्ने खालको प्रत्येक वडा र पालिकाको डाटा आएको आफनो मोबाइलमा देखाउनुभयो । मैले साथीको मोबाइलमा हेरेको डाटा र चुनावी नतिजा ठ्याक्कै मिलेपछि म त सोचेभन्दा बढी दंग परे । बागलुङ लगायतका सबै स्थानमा रास्वपाको जित भएको थियो ।

चुनावमा म नगएको स्थानमा खटाउनुहोला भनेर पर्यटन भ्रमण हुने हिसाबले भनेको थिए । तर भने जस्तो भएन कि कसो यात्रामा भनेको स्थानमा भन्दा पनि तोकेको स्थानमा जाने काम भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->