बागलुङ/नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनमा राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ सम्मानित भएको छ ।
शुक्रबार नवलपुरको गैडाकोटकोमा सम्पन्न महासंघको वार्षिक साधारण सभामा देशभरका समितिमध्ये बागलुङ शाखाले उत्कृष्ट काम गरेको भन्दै सम्मानित भएको हो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सम्मानित हुनु समग्र बागलुङका उद्योगी व्यवसायीका लागि सुखद भएको र यसले व्यवसायीको हितमा केन्द्रीत हुन प्रेरणा मिलेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारी र महासचिव खिमनारायण पराजुलीले अध्यक्ष राजभण्डारीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।
महासंघको बागलुङ शाखाले समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग गर्नुका साथै उद्यमीहरुको क्षमता वृद्धि लगायतका कार्यहरु गर्दै आएको छ ।





