आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल

कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल


  • ढाेरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

पोखरा/ गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा प्रकाश बराललाई जिम्मेवारी दिइएको छ । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि रिक्त पदमा संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

बराल यसअघि सचेतक थिए ।  वैशाख २ गते मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । त्यसक्रममा कांग्रेसका प्रमुख सचेतक न्यौपाने मन्त्री भएका थिए । सचेतक बराल प्रमुख सचेतक बनेपछि सचेतक पद भन खाली हुन पुगेको छ ।

प्रमुख सचेतकको सिफारिसमा दलका नेताले सचेतक नियुक्त गर्ने प्रावधान छ । केही दिनभित्रै सचेतकको पनि टुंगो लाग्ने नवनियुक्त प्रमुख सचेतक बरालले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->