आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सूर्यचन्द्र र कृष्णमणिलाई दयाशंकर स्मृति पत्रकारिता सम्मान

सूर्यचन्द्र र कृष्णमणिलाई दयाशंकर स्मृति पत्रकारिता सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

पोखरा/प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित भएका छन् । बस्नेतलाई २०८१ र बराललाई २०८२ को सम्मानबाट सम्मानित गरिएको हो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनही १ लाख ११ हजार १११ रुपैयाँ नगदसहितको सम्मानबाट दुवै पत्रकारलाई सम्मानित गरेका हुन् । प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखेको परिवारबाट स्थापित पुरस्कारको संचालन नेपाल पत्रकार महासंघ कास्कीले गर्दै आएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोला नेतृत्वको प्रतिभा चयन समितिको सिफारिसको आधारमा दुवै पत्रकारलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।

पुरस्कार अर्पण समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताए ।

‘सत्य, निष्पक्ष र उत्तरदायित्व वहन गर्दै सही सूचना समाचार प्रवाह गर्ने पत्रकारिता जगत राज्य र नागरिकबीचको सेतु हो । जसले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ,’ उनले भने ।

उनलेबढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न थालिसकेकोमा चिन्ता पनि व्यक्त गरे । उनले सञ्चार संस्था तथा पत्रकारहरुको सबलिकरणको दिशामा राज्यले उचित ध्यान पु¥याउनुपर्नेबताए ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण गर्न सबै पक्षले ध्यान दिनुपर्छ,’ प्रदेश प्रमुख भट्टले थपे ।

कार्यक्रममा दयाशंकरको परिवारको तर्फबाट बुहारी सुनयना पाखिले, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष वाशुदेव मिश्र र पर्यटन परिषद् पोखराका अध्यक्ष तारानाथ पहारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद रेग्मीले स्वागत र सचिव भुपाल गुरूले सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->