शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुस्ताङमा लेक लागेर एक नेपालीको मृत्यु

मुस्ताङमा लेक लागेर एक नेपालीको मृत्यु


  • ढाेरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

मुस्ताङ / मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको मंगलबार मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय
मुस्ताङकी डिएसपी छिरिङ किप्पा लामाले बताइन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सदरमुकाम जोमसोमस्थित अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका मुस्ताङ प्रहरीले जनाएको छ ।

मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको सङ्ख्या ३ पुगिसकेको छ । मृतकमध्ये धेरै मुक्तिनाथ मन्दिर दर्शनका लागि गएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->