आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा लेडी जेसीजले जेसीज सप्ताह मनाउँदै

पोखरा लेडी जेसीजले जेसीज सप्ताह मनाउँदै


  • ढाेरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

पोखरा/अन्तर्गतको सशक्त शाखा पोखरा लेडी जेसीजले “सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज” भन्ने मूल नारासहित जेसीज सप्ताह २०२६ आयोजना गर्ने भएको छ । शुक्रबारदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सन् १९८९ मा स्थापना भएको पोखरा लेडी जेसीजले युवा महिलाहरूको नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामुदायिक रूपान्तरणका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छ । यस वर्षको जेसीज सप्ताहमार्फत दिगो विकासका लक्ष्यहरूलाई सम्बोधन गर्दै विभिन्न वर्गका नागरिकलाई लक्षित गरी विविध कार्यक्रम गर्न लागेको मुल संयोजक विनिता केसिले बताइन ।

कार्यक्रम अन्तर्गत उद्घाटन समारोहसँगै साइबर अपराध तथा बैंकिङ साक्षरता सम्बन्धी प्रशिक्षण, ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, मिन्युट लेखन तथा वित्तीय साक्षरता तालिम, कृषि स्वास्थ्य सचेतना कार्यक्रम, विद्यालय पोशाक वितरण, लेखा व्यवस्थापन तथा उद्घोषण तालिम, तथा प्रजनन स्वास्थ्य र बाँझोपन सम्बन्धी सचेतना शिविर आयोजना गरिने केसिले बताइन ।

संयोजक केसीका अनुसार समाज रूपान्तरणमा युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ ।

अध्यक्ष जेसी सुनिता गौतम भण्डारीले जेसीज सप्ताहलाई समुदायसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण अवसरका रूपमा लिँदै व्यापक सहभागिताका लागि आग्रह गरिन् । पोखरा लेडी जेसीजले आयोजना गर्ने यस सप्ताहव्यापी कार्यक्रमले समाजका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->