त्यस्तै, अख्तियारले चिनियाँ कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजन व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ । अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो ।
पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
विमानास्थल निर्माणको भन्सार छुटमा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वमन्त्री कार्कीसहित तत्कालीन सचिव महेशश्वर न्यौपाने, सहसचिवलगायत १४ प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन पर्यटन सचिव न्यौपाने, अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याललाई पनि सजायको माग गरेको छ ।





