बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लिटल फ्लावरमा विविध कार्यक्रम

लिटल फ्लावरमा विविध कार्यक्रम


  • ढाेरपाटन संवाददाता
  • बैशाख २५ २०८३, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा शुक्रवार विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

विद्यालयमा शैक्षिक सत्र २०८३ मा विभिन्न कक्षामा भर्ना भएका विद्यार्र्थीलाई एक कार्यक्रमका वीच स्वागत गरिएको छ । नवागन्तुक विद्यार्र्थीहरुको स्वागत गर्दै प्रिन्सिपल विकल पौडेलले उज्वल भविष्यको कामनाका साथ विद्यालयलाई अझै प्रगतितर्फ बढाउने प्रयत्नमा आफूहरु रहेको वताए ।

शुक्रवार नै कक्षा १२ को बोर्ड परीक्षा सम्पन्न गरेका विद्यार्र्थीको विदाई गर्दै कक्षा ११÷१२ संयोजक बिष्णुहरि पौडेलले समुज्जवल भावी जीवनको कामना गरेका थिए । विद्यालयको अर्को कार्यक्रम अन्तर्गत कक्षा ३ देखि १० सम्मका विद्यार्र्थीलाई विभिन्न चार सदनमा विभाजन गरिएको थियो । शुक्रवार नै विश्व रेडक्रस दिवसको अवसर पारेर जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । पुनर्गठित सर्कलको अध्यक्षमा एप्रिना तामाङ, उपाध्यक्ष मोनालिसा तामाङ्ग, सचिवमा रोहित सुनार, सह सचिव युनिसा पुरी र कोषाध्यक्षमा खुशी भण्डारी रहेका छन् ।

यसै गरी सदस्यहरुमा एनी गुरुङ्ग, सुरवी गुरुङ्ग, स्नेहा क्षत्री, रसिका गुरुङ्ग, आरुषी लामिछाने, केसाङ्ग लामा, अप्रिम राना र अभिमन्यु पौडेल रहेका छन् । शिक्षक नायकमा अञ्जना सुवेदी, सहनायकमा विद्यालयकी नर्स अमृता गुरुङ्ग रहेका छन् । कार्यक्रममा विद्यालय सञ्चालक रामप्रसाद अधिकारी, शैक्षिक विभागीय प्रमुख विचित्र न्यौपाने, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गुरुङ्ग, प्राथमिक तह इन्चार्ज हेमा पुन, पूर्व प्राथमिक इन्चार्ज कविता बराल, लगायतले बोलेका थिए । कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित यस विद्यालयमा ७०० अध्ययनरत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->