टोकियो/जापानस्थित रेमिट्यान्स सेवा प्रदायक येहे रेमिट (Yehey Remit) ले टोकियोको आकिहाबरा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको उद्घाटन गरेको छ ।
शनिबार आयोजित उद्घाटन कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा रिबन कटिङसँगै शुभकामना आदान–प्रदान गरिएको थियो भने उपस्थित अतिथिहरूलाई विशेष स्वागतसमेत गरिएको थियो ।
कम्पनीले जापानमा रहेका नेपाली तथा अन्य विदेशी समुदायलाई लक्षित गर्दै छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ कार्यालय सञ्चालनमा ल्याइएको जनाएको छ । नयाँ कार्यालयमार्फत ग्राहकलाई अझ सहज, प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गरिने कम्पनीको विश्वास रहेको छ ।
उद्घाटनपछि कम्पनीका प्रतिनिधिहरूले समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासले आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन् । “सेवाग्राहीको विश्वासलाई कायम राख्दै परिवारसम्म माया र सहयोग सुरक्षित रूपमा पु¥याउनु हाम्रो प्राथमिकता हो,” कम्पनीले भनेको छ ।
नयाँ कार्यालय Inter ACT Building, 3-21 Kanda-Sakumacho, Chiyoda-ku, Tokyo मा रहेको छ । कम्पनीको यो विस्तारले जापानमा रहेका नेपाली समुदायलाई रेमिट्यान्स सेवामा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।





