शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यशोदा राजभण्डारीलाई ओमप्रसाद–मेघकुमार सम्मान

यशोदा राजभण्डारीलाई ओमप्रसाद–मेघकुमार सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८३, आइतबार

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । साधारण सभाका अवसरमा ओमप्रसाद– मेघकुमार सम्मानबाट स्वास्थ्य तथा समाजसेवामा उल्लेखनिय योगदान पु¥याउने यशोदा राजभण्डारीलाई सम्मान गरिएको छ ।

बागलुङ जन्म भई पोखरालाई कर्मथलो बनाएकी राजभण्डारीलाई गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात मन्त्री गोविन्द बहादुर नेपाली र पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले नगद र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

राजभण्डारीलाई स्वर्गिय ओमप्रसाद गौचन र मेघकुमार वैद्यको स्मरणमा स्थापना गरिएको कोषबाट सम्मान गरिएको पुस्तकालयले जनाएको छ । यसैगरी यस वर्षको नन्दगंगा स्मृति कोषबाट रुद्रेपिपल माविमा अध्यनरत ज्ञान कुमारी श्रीसलाई सम्मान गरिएको थियो ।

यसवर्षको उत्कृष्ट पाठकको रुपमा बागलुङको जैमिनी नगरपालिकाका पवन सापकोटा र बालपाठक काठेखोला गाउँपालिकाकी इन्दु थापा मगरलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले पुस्तकालयको विकास र प्रवद्र्धनका लागि आफुले सक्दो सहयोग गर्ने बताए । उनले पठन संस्कृतिकोे विकासका लागि पुस्तकालय महत्वपुर्ण रहेको चर्चा गर्दै पुस्तकालयमा पाठकको संख्या बढाउनुपर्नेमा जोड दिए ।

पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, सम्मानित व्यक्तित्व यशोदा राजभण्डारी, पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’, धौलागिरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक विप्लव शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्मानित राजभण्डारीको व्यक्तित्व परिचय पुस्तकालयका सल्लाहकार तथा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजीरोशनले जानकारी गराएका थिए । पुस्तकालयको प्रगति प्रतिवेदन कार्यवाहक सचिव गोकुल प्रसाद कँडेल र कोषाध्यक्षको प्रतिवेदन पुर्व अध्यक्ष गोविन्द ओझाले प्रस्तुत गरेका थिए ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष राजन प्रसाद शर्माको स्वागत र कार्यवाहक सचिव गोकुल प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->