आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा ग्याङफाइट

पोखरामा ग्याङफाइट


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८३, सोमबार

पोखरा/पोखरा महानगरपालिका–२, स्थित बाग्लुङ बसपार्क क्षेत्रमा भएको ग्याङफाइटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २२ गते राति करिब साढे ९ बजे बसपार्क क्षेत्रमा दुई समूहबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि प्रहरी सक्रिय रूपमा अनुसन्धानमा जुटेको थियो ।

अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालय बगरसहितको टोलीले खोजतलास गर्दै वैशाख २६ गते बाझापाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीचको झगडाको मुख्य कारण लागुऔषध कारोबारसँग सम्बन्धित रहेको खुलेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा १३ बाझापाटन बस्ने २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, ३० वर्षीय दिलेराम गुरुङ ‘दिपेश’, पोखरा–२ बसपार्क क्षेत्रमा बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा २० वर्षीया लिजा पुन रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->