पोखरा/ सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्ने भएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले पोखरा र भैरहवा गरी दुई विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गरिने बताएका हुन्।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलान थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गरिने उनले बताए ।





