शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्रसर चलाउन सडकको काम सुस्त

क्रसर चलाउन सडकको काम सुस्त

‘ठेकेदारका अन्य साइटमा यहाँको सामान उठाएर लैजाने गर्दा यो सडक बन्न सकेको छैन’ जैमिनी नगरपालिका–७ का थानेश्वर सुवेदीले भने, ‘अन्य सडक सरर चल्ने भैसक्दा एकदुइ ठाउँको अप्ठ्यारोको नाउँमा सडक अलत्रप भैरहेको छ ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

बागलुङ/धमाधम विकासका कामहरु सम्पन्न भइ हस्तान्तरण गर्नुपर्नेमा गौरवको आयोजना कालीगण्डकी करिडोरको मालढुंगा बलेवा खण्ड अझै अलपत्र छ ।

ठेकेदारले कहिले बजेट अभाव, कहिले प्रतिकुल मौषम, कहिले महंगी त कहिले महामारी देखाएर म्याद थपेर काम रोकेका छन् । यो सडक कालोपत्र गरिसकेपछि कालीगण्डकी नदी किनारको कालाखोलास्थित क्रसर बन्द गर्नुपर्ने बाध्यताले ठेकेदारले काम रोकेका छन् ।

तोकिएको काम सकेपछि क्रसर बन्द गर्नुपर्ने प्रावधान छ । तर यहाँ बिडारी कन्स्ट्रकसनले संचालन गरेको क्रसर उद्योगबाट तोकेको काममा भन्दा अन्यत्र सामाग्री बेचेको आरोप लागेको छ । ठेकेदारका अन्य साइटको सामन पठाउन सडक अलपत्र छाडेको स्थानीयले बताए । करिडोरको रिडीदेखि बलेवासम्मको सडक भने गतवर्ष नै कालोपत्रे भइसकेको छ ।

गतवर्ष नै सकिनुपर्ने यो खण्ड अलपत्र पर्दा यात्रीलाई सास्ती छ । झण्डै एकसय किमी छोटो दुरीमा बुटवल जान चाहने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङबासी तथा तराइबाट मुक्तिनाथ आउन चाहनेले लामो सडक यात्रा गर्न बाध्य छन् ।

बागलुङ नगरपालिका–१ को मालढुंगादेखि बलेवा सम्मको खण्डमा सडक बनाउने जिम्मा लिएको बिडारी कन्स्ट्रक्सनले सडकमा आएको सामाग्री अन्यत्र बेच्न पहिरो नपन्छाएको, कालोपत्रे गर्ने समय लम्ब्याएर सामाग्री उत्खनन् गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।

बागलुङ नगरपालिका–१३ को कालखोलामा गतवर्ष खसेको पहिरो पन्छाउनुको साटो ठेकेदार कम्पनीले त्यहींको सामाग्री क्रसरमा कुटेर अन्य आयोजनामा लैजाने गरेको जैमिनी नगरपालिका–७ का थानेश्वर सुवेदीले बताए । ‘ठेकेदारका अन्य साइटमा यहाँको सामान उठाएर लैजाने गर्दा यो सडक बन्न सकेको छैन’ सुवेदीले भने, ‘अन्य सडक सरर चल्ने भैसक्दा एकदुइ ठाउँको अप्ठ्यारोको नाउँमा सडक अलत्रप भैरहेको छ ।’

पहिरो नजिकको कच्ची सडक स्तरोन्नती नभएपछि माइक्रो बस, ट्याक्सी लगायतका साना सवारीमा यात्रा गर्न खोज्नेले करिडोरको यात्रामा निस्कन पाएका छैनन् । ठूला सवारीले पनि जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

बिडरी कन्स्ट्रक्सनका इन्जिनियर दिनबन्धु काफ्लेले पहिरो पन्छाउन ढीला भएर सडकको काम रोकिएको बताए । ‘हामीले जानीजानी बाटो ढीला गरेको होइन, गत वर्षको पहिरोले काम ढीला भएको हो’ काफ्लेले भने, ‘असार मसान्तभित्र यो सडक कालोपत्रे गरिसक्नेछौं ।’ सोही सडक खण्डको झण्डै ६० किमी भने गतवर्ष समय अघिनै कालीका कन्स्ट्रक्सनले कालोपत्र गरेर हस्तान्तरण गरिसकेको छ । ‘अधिकांस स्थानमा सबबेस राखिसकिएको छ, अब बेस राखेर कालोपत्रे गर्ने मात्रै हो’ काफ्लेले भने, ‘स्ट्रक्चरको काम दुइ वटा पहिरोमा मात्रै बाँकी छ ।’ बिटुमिन ल्याइसकेकोले कालोपत्र हुने उनले विश्वास गर्न आग्रह गरे ।

यो सडक ९९ करोडमा ठेक्का लिएको कम्पनीले अन्य ठेक्काको काममा पनि यहाँ स्थापना गरेको क्रसरबाट सामाग्री ओसारेको छ । काफ्लेले भने बिक्री नगरेको, आफ्नै आयोजनामा उपयोग गरिरहेको बताए । बरु सडकमा खसेका पहिरो र जोखिम क्षेत्रमा ढलान गर्नुपर्ने, कल्भर्ट निर्माणका कारण डाइभर्सन बनाउनुपर्ने जस्ता कारण ढीला भएको बताए ।

यो सडक खण्डमा हाल तीनवटा कल्भर्ट निर्माणाधिन छन् । ती कल्भर्ट निर्माणपछि पहरो र ओसिलो क्षेत्रमा ढलान गर्ने र अन्य स्थानमा कालोपत्रे गरिसक्ने लक्ष्य उनले सुनाए । मूल्य वृद्दि र कामदारको समस्याले केही ढीला भएको उनले स्किारे । करिडोरका इन्जिनियर शिवलाल दाहालले बजेटको भुक्तानी समस्याले काम नरोकिने बताएका छन् । आयोजनाले पनि उक्त खण्डको काम छिटो सक्न ताकेता गरिरहेको दाहालले जानकारी दिए ।

यो सडक खण्ड कालोपत्रे भैसकेपछि बागलुङदेखि रिडी हुँदै पाल्पा पुग्न बढीमा चार घण्टा मात्रै लाग्छ । बुटवल जानेले पछिल्लो समय यो सडक उपयोग गर्न थालेका छन् । त्यस बाहेक गण्डकी प्रदेश सरकारले एक्लेसालको पहिरो नियन्त्रणमा छुट्टै बजेट राखेर काम गरिरहेको छ । यो पहिरोले दक्षिण बागलुङ जान सहायक सडक पनि भत्केको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->