शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गोरु बध गरेको आरोपमा ११ जना पक्राउ

गोरु बध गरेको आरोपमा ११ जना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानीमा गोरु बध गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । सोमबार गोरु बध गरेको सूचना पाएपछि घोसाखानी पुगेको प्रहरी टोलीले गोरुको मासु र हतियारसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लालबिर विक, सरोज सुनार, यमबहादुर विक, तिलप्रसाद सुनार, बलबिर कामी, थमबहादुर सुनार, विमल विक, विनोद सुनार, जालबहादुर कामी, भक्तबहादुर सुनार र रिखप्रसाद सुनार छन् । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए । ‘जिल्लामा ल्याएपछि अदालतबाट म्याद थपेर अनुसन्धान हुनेछ’ प्रनि थापाले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->