आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ बाट गरिमा विकास बैंक सम्मानित

‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ बाट गरिमा विकास बैंक सम्मानित


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा / गरिमा विकास बैंक लिमिटेडले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ को उपाधि हात पार्न सफल भएको छ । न्यु बिजनेस एज लिमिटेडले यही वैशाख २५ गते शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सीलेन्स अवार्ड्स’ को १० औँ संस्करणमा बैंक सम्मानित भएको हो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा भएको समारोहमा आयोजकले बैंकलाई अवार्ड हस्तान्तरण गरे । यो सम्मानले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप हौसला मिलेको छ । बैंकले यो सफलताको श्रेय ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय र शुभचिन्तकहरूलाई दिँदै उनीहरू प्रति कृतज्ञता व्यक्त गरेको छ ।

यसअघि सन् २०२५ अगस्ट २९ मा भारतीय चेम्बर अफ कमर्सले आयोजना गरेको ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ मा बैंकले ‘द बेस्ट बैंक’ र ‘बेस्ट एआईएमएल इम्प्लिमेन्टेसन’ विधामा उत्कृष्टता पाएको थियो । सोही अवार्डमा बैंक ‘बेस्ट एमएसएमई एक्सेलेरेसन’ विधामा रनरअप भएको थियो । यसका साथै कर्पोरेट क्लब नेपालले सन् २०२५ फेब्रुअरी २५ मा आयोजना गरेको कार्यक्रममा बैंकले ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सीलेन्स २०२४’ समेत जितेको थियो ।

हाल यो विकास बैंकले देशभर १२३ वटा शाखा कार्यालय र ५१ वटा एटिएममार्फत आफ्नो सञ्जाल विस्तार गरेको छ । नवीनतम् डिजिटल बैंकिङको प्रयोग गर्दै बैंकले करिब ९ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->