शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

उनी मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित मदन भण्डारी रार्जमार्गबाट पक्राउ परेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८३, बुधबार

काठमाडौं / नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्रेको हो।

सो प्रकरणमा यसअघि शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए। उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेका थिए। यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत सोमबार मात्र उनीबारे भ्रामक समाचार आएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

स्रोतका अनुसार उनी मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित मदन भण्डारी रार्जमार्गबाट गए राति ८ बजे उनलाई पक्राउ गरिएको हो । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->