शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


  • ढाेरपाटन संवाददाता
  • बैशाख ३० २०८३, बुधबार

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राती करिब १२ बजे ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौरबाट बुर्तिवाङ आउँदै गरेको ध. १ त. ५७७ नम्बरको ट्याक्टर बाउनगाउँमा दुर्घटना हुँदा ट्याक्टरमा सवार १६ वर्षीय सुशीला सुनारको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

सुनारको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।

ट्याक्टर सडकदेखि ११ फिट तल स्थानीयको गोठमा खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->