शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चट्याङ लागेर बागलुङमा दुई जना घाइते

चट्याङ लागेर बागलुङमा दुई जना घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८३, बिहिबार

बागलुङ/जिल्लामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बुधबार साँझ वर्षासंग परेको चट्याङ लागेर काठेखोला गाउँपालिका वडा नंं १ पालाका २६ वर्षिय अनिल थापा र सोही स्थानका ७० वर्षिय रजि थापा घाइते भएका हुन् ।

गोठमा बसिरहेको बेला चट्याङ लागेर गंभीर घाइते भएका अनिल थापाको नाक, घाँटी र छातीमा चोट लागेको छ । थापाको बुधबार राती धौलागिरी प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।

चट्याङ लागेर गंभीर घाइते भई बोल्न नसक्ने अवस्थामा रहेका अनिललाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए ।

थापाका अनुसार, अर्का घाइते रजि थापाको अवस्था भने सामान्य रहेको छ । घाइते थापाको टाउकोमा सामान्य चोट लागेको छ । उनको अहिले धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->