पोखरा/छिमेकी देश भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर एम्पीयर पर्यटकीय सहर पोखरामा भित्रिएको छ ।
यस स्कुटरमा ३ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ । जसको फुलचार्ज गरेको स्कुटरले १३६ किलोमिटरसम्मको दुरी पार गर्न सकिन्छ । घरमै ३ घण्टा ३० मिनेटको समयमा चार्ज गर्न सकिने भएकोले पनि चार्जीङमा कुनै समस्या नआउने कम्पनीको दावी रहेको छ । एम्पीयर नेक्ससको बिक्री मूल्य तीन लाख ३५ हजार र एम्पीयर म्याग्नासको तीन लाख १० हजार रहेको छ ।
भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव संगालेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्धारा उत्पादन गरिएको एम्पीयर ब्राण्डको स्कुटरको नेपाल बजारको बिक्रि वितरणका लागि एसटीसी गु्रपअन्तर्गतको एसटीसी अटो सोलुसन प्रालिले लिएको छ भने पोखराको बिक्री वितरणको जिम्मा बि एन बी टे«ड प्रालिले लिएको हो ।
बुद्धचोकमा रहेको नयाँ व्राण्ड एम्पीयर स्कुटर स्वरुमको बिहीबारपोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीेले शुभारम्भ गरे ।
बिएनबी टे«ड प्रालिका अध्यक्ष बैकुण्ठ बरालको अध्यक्षतामा भएको कार्यक्रममा एसटीसी अटो सोलुसन प्रालिका कार्यकारी निर्देशक राजपाल चड्डा,मार्केटीङ प्रमुख रवी शाही र बिएनबी टे«ड प्रालि पोखराका निर्देशक दिपेन्द्र भण्डारीलगायतले नेपालको भौगोलिक अवस्था सुहाउँदो स्कुटरले नेपाल र नेपालीको मन जित्न सक्ने विश्वास दिलाएका थिए ।





