बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लेखनाथमा यातायात कार्यालय खुल्दा गर्व लागेको छ–खगराज अधिकारी

लेखनाथमा यातायात कार्यालय खुल्दा गर्व लागेको छ–खगराज अधिकारी


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेका बेला लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन हुँदा गर्व लागेको बताएका छन् । उनले आफ्नो कार्यकालको दोस्रो क्याबिनेट बैठकको पहिलो निर्णय नै लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने रहेको बताए ।

पोखरा–३० पावरहाउसमा शुक्रबार यातायात कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा सुरु गरिएको निर्णय अहिले कार्यान्वयनको चरणमा पुगेको भन्दै खुसी व्यक्त गरेका हुन् । अधिकारी २०८१ वैशाख १५ गते गण्डकीको मुख्यमन्त्री भएका थिए भने वैशाख २८ गते लेखनाथमा यातायात कार्यालय खोल्ने निर्णय गरेको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्घाटन गरे ।

अधिकारीले यातायात कार्यालय स्थापनाको प्रक्रिया लामो समयदेखि रोकिएको उल्लेख गर्दै अहिले परिणाम देखिएको उल्लेख गरे । उनले कार्यालय स्थापना र व्यवस्थापनका लागि स्थानीयको निरन्तर सहयोग आवश्यक रहेको बताए। जग्गा व्यवस्थापनसँग सम्बन्धित केही जटिलता अझै रहेको उल्लेख गर्दै त्यसमा स्थानीय समुदायको साथ आवश्यक पर्ने उनले बताए।

पूर्वमुख्यमन्त्री अधिकारीले नवस्थापित कार्यालयमा खटिने कर्मचारीलाई गुणस्तरीय र पारदर्शी सेवा दिन आग्रह गरे। सेवाग्राहीले छिटो र सहज सेवा पाउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले कर्मचारीहरू नमुना बन्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->