बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लेखनाथमा यातायात कार्यालय, मुख्यमन्त्रीले गरे उद्घाटन

लेखनाथमा यातायात कार्यालय, मुख्यमन्त्रीले गरे उद्घाटन


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

पोखरा/ पोखरा–३० पावरहाउस लेखनाथमा यातायात कार्यालय उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कार्यालयको उद्घाटन गर्दै यसलाई अन्यत्र नसार्ने प्रतिवद्धता जनाए ।

सडक विभागको नाममा रहेको जमिन भएको हुँदा यातायात कार्यालय रहिरहन्छ कि रहन्न भन्ने आशंका मेट्दै मुख्यमन्त्री पाण्डेले अन्यन्त्र नसारिने र यातायात कार्यालय लेखनाथमै रहने बताएका हुन् । पाण्डेले जनताले भोग्दै आएको असुविधा अन्त्य गर्न कार्यालय स्थापना गरेको स्पष्ट पार्दै यो निर्णय कसैको व्यक्तिगत स्वार्थका आधारमा नभएको बताए। उनले भने, ‘खगराजजीले निर्णय गर्दा आफ्नो घर बनाउने भनेर निर्णय गरेको होइन, राज्यले निर्णय गर्दाखेरि आफ्नो घर बनाउने भनेर निर्णय गरेको पनि होइन, मैले अब आफ्नो घर बनाउन भनेर यो काम सुरु गरेको पनि होइन ।’ उनले जनतालाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसैअनुसार कामको शुभारम्भ गरिएको बताए।

मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयसँगै ट्राफिक कार्यालयको व्यवस्थापन पनि सरकारले गर्ने बताए। अहिले कार्यालय अगाडि रहेको ट्राफिक कार्यालयलाई आवश्यक परे यही परिसरभित्र व्यवस्थापन गरिने र त्यसो सम्भव नभए पनि यही क्षेत्रमा उपयुक्त व्यवस्थापन गरिने उनले बताए। कार्यालय स्थापना जनताको चाहना र स्थानीय तहका जनप्रतिनिधिको निरन्तर दबाबका कारण सम्भव भएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो। उनले स्थानीय जनप्रतिनिधि, महिला समूह र नागरिकको सक्रियताले कार्यालय स्थापना सम्भव भएको उल्लेख गरे। ‘यहाँ कसैको व्यक्तिगत स्वार्थले यहाँ आएन।

मुख्यमन्त्री पाण्डेले कार्यालय स्थापना भएसँगै अब सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीय समुदायको सहयोग आवश्यक रहने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->