शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ बजारमा ‘मोही’को ब्राण्डिङ

बागलुङ बजारमा ‘मोही’को ब्राण्डिङ


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लि.ले मोहीको ब्राण्डिङ सुरु गरेको छ । २६ औं स्थापना दिवसमा शुक्रबार बागलुङ बजारमा मोहीको ब्राण्डिङ गर्न शुरु गरिएको हो ।

संघका अध्यक्ष दीपक गौतमले स्थापना दिवसको अवसर पारेर मोहीको बिक्री वितरण गर्न शुरु गरिएको जानकारी दिए । परम्परागत तथा गुणस्तरीय दुग्ध पदार्थलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मोही ब्राण्डिङ अभियान थालिएको अध्यक्ष गौतमले बताए ।

सहकारीमा आवद्व किसानबाट संकलित दूधलाई प्रशोधन गरी बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने अभियानअन्तर्गत मोहीलाई पनि छुट्टै पहिचानसहित बजारमा पठाउन लागिएको गौतमको भनाई छ । स्वास्थ्यका दृष्टिले उपयोगी मोहीको ब्राण्डिङले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने संघले अपेक्षा गरेको छ ।

संघले हाल खुला दूध, प्याकेट दूध, खुला तथा प्याकेट दही, खुला तथा प्याकेट घ्यू, खुवा, विभिन्न स्वादका आइसक्रिम, खुला तथा प्याकेट छुर्पी, लस्सी, पनीर, खुवा, नौनी लगायतका दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->