शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ हस्तकला संघको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत

बागलुङ हस्तकला संघको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २ २०८३, शनिबार

बागलुङ/बागलुङ हस्तकला संघको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । संघको शनिबार सम्पन्न १६ औं साधारण सभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सम्झना श्रेष्ठ, महासचिवमा सविना राजभण्डारी, सचिव बसन्तजंङ्ग राजभण्डारी र कोषाध्यक्षमा शकुन्तला श्रेष्ठ रहेका छन् । समितिको सदस्यहरुमा शुभ श्रेष्ठ, मुना शाक्य, रेनुका राजभण्डारी र शान्ति श्रेष्ठ रहेका छन् ।

साधारणसभामा विभिन्न तालिमको माध्यमबाट हस्तकला संघलाई सहयोग पु¥याउने बसन्तजंङ्ग राजभण्डारीलाई सम्मान गरियो । राजभण्डारीलाई संस्थाका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजु र संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै बागलुङ हस्तकला संघका संस्थापक संरक्षक छोटाले हस्तकला संघलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजानुपर्ने बताए । उनले हस्तकलाका सामग्रीहरु उत्पादन गरेर अन्तराष्ट्रिय बजारसम्म पु¥याएको दाबी गरे ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष राजन कुमार शाक्य, बागलुङ हस्तकला संघका सल्लाहकार इश्वर मलेपति, सम्मानित व्यक्तित्व बसन्तजंङ्ग राजभण्डारी, आजिवन सदस्य चन्द्र कुमारी श्रेष्ठ र पत्रकार कोपिला कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत र महासचिव सम्झना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->