शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडमा स्थानीय उत्पादनको मेला

बडिगाडमा स्थानीय उत्पादनको मेला


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २ २०८३, शनिबार

बागलुङ/स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ बडिगाड गाउँपालिकामा स्थानीय उत्पादनको मेला शुरु भएको छ ।

बडिगाड गाउँपालिका वडा नं. ५ स्थित खारा बजारमा मेला शुरु भएको हो । एक साता सञ्चालन हुने मेलामा स्थानीय कृषि उपज, हस्तकलाका सामग्री र घरेलु उद्योगका उत्पादन राखिएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले जानकारी दिए ।

पालिकाभित्रका उत्कृष्ट २० उद्यमीसहित स्थानीयको सहभागिता रहेको मेलामा ३० ओटा स्टल रहेका छन् । मेला सफल बनाउन हेफर प्रोजेक्ट नेपाल, दायित्व, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र जिईईपीलगायतका संस्थाले सहकार्य गरेका छन् ।

स्थानीय सीप र पौरखको सम्मानले मात्रै समृद्ध बडिगाडको लक्ष्य पुरा हुने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउँछिन् । मेलाले ग्वालीचौरकै पुरानो बजार खारालाई पुनः चलायमान बनाउने अधिकारीले विश्वास व्यक्त गरिन् ।

मेलामा बडिगाडको पहिचान बन्दै गएका ढाका कपडाको साडी, सल, टोपी र झोला, निगालोका डाला, नाङ्ला, स्थानीय किसानले उत्पादन गरेको मह, कृषिको प्रदर्शनी, घरेलु आरनमा निर्मित भान्सादेखि कृषि क्षेत्रमा प्रयोग हुने औजार समेतको आकर्षण रहेको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->