शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जेष्ठ नागरिक पोखरा १९ मा माधव, ३८ जना सम्मानित

जेष्ठ नागरिक पोखरा १९ मा माधव, ३८ जना सम्मानित


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३ २०८३, आइतबार

पोखरा / जेष्ठ नागरिक सरोकार समाज, पोखरा–१९ को अध्यक्षमा माधव प्रसाद पौडेल चयन भएका छन् । समाजको शनिबार सम्पन्न छैटौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा तिलकुमारी कार्की, सचिवमा ढाकामोहन पौडेल, कोषाध्यक्षमा हरी गौतम र सदस्यहरुमा धरेन्द्र नारायण पौडेल, मित्रलाल बास्तोला, पोषराज पौडेल, मैया पौडेल, प्रेम प्रसाद तिवारी, नबिना गौतम, कमल आचार्य र रुपा केसी रहेका छन् । समितिमा जनजाती र दलित तर्फका २ जना सदस्य मनोनित हुन बाँकी रहेको जनाईएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जेष्ठ नागरिकका अधिकार र सेवा, सुरक्षाका सम्वन्धमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले समाजमा सदाचार निर्माणका लागि जेष्ठ नागरिकले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै, उनीहरुका अनुभवबाट पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिए ।

समाजका अध्यक्ष पद्मा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विकासकुमार आचार्य, दुर्गादेवी बस्नेत, कल्पना सुनार, जेष्ठ नागरिक सरोकार समाजका अध्यक्ष नारायण सुवेदी, आजिवन सदस्य मित्रलाल बास्तोलालगायतले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उनीहरुको सिप र अनुभवलाई समाज निर्माणमा लगाउनुपर्ने बताए । कार्यक्रममा वि.सं. २००४ देखि २००७ सालभित्रका ३८ जना नागरिकलाई सम्मान गरिएको थियो । सभाले कोषध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको आर्थिक तथा समाजको बार्षिक प्रतिवेदन पारित गर्यो ।

कार्यक्रमको संचालन समाजका आजिवन सदस्य गोविन्द प्रसाद काफ्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->