बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी लोकताराका लागि म्याग्दीबाट शक्ति छनौट

गण्डकी लोकताराका लागि म्याग्दीबाट शक्ति छनौट


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३ २०८३, आइतबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

म्याग्दी/ यही जेठ ९ गते पोखरामा हुने दोश्रो गण्डकी लोकतारा २०८३ का लागि म्याग्दी अडिसनबाट शक्ति छिनाल छनोट भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित ‘दोस्रो गण्डकी लोकतारा’ जिल्ला स्तरीय अडिसनमा सहभागी प्रतिस्पर्धीलाई पछाडी पार्दै शक्ति प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट भएका हुन् ।

लोकदोहोरी कला, संस्कृति र प्रतिभा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका प्रतियोगीहरुले कला प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका सदस्य सुबिनकुमार श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका प्रदेश उपाध्यक्ष होम गुरुङ, सल्लाहकारहरू नेत्र महत, जीवनकुमार विश्वकर्मा, संजयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष देवेन्द्र घिमिरे, निवर्तमान अध्यक्ष ध्रुव जिसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चिमखोला समाजका कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम व्यवस्थापनमा महिला उपाध्यक्ष खिमा पुन र पञ्चमाया पुनले भुमिका निभाएको आयोजकले जनाएको छ ।

गत संस्करणको गण्डकी लोकतारामा म्याग्दीबाट सहभागि भएका बिजय परियारले तेश्रो स्थान हासिल गरेका थिए । प्रतिष्ठान म्याग्दीका अध्यक्ष एकराज चापागाईंले लोकसंस्कृति संरक्षण र प्रतिभा उजागर गर्ने अभियानलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने बताएका छन् । उनले गण्डकी प्रदेशस्तरीय कार्यक्रम पनि भव्य रूपमा सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->