आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीनजना पक्राउ

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीनजना पक्राउ

२ वटा कन्टेनरसहित ३ जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बिष्णुप्रसाद भट्टले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८३, आइतबार

पोखरा / सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ गाउँपालिका-४, स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) सहितको २ वटा कन्टेनर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बिष्णुप्रसाद भट्टका अनुसार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो ।

जेठ १ गते राति उक्त परिणामको भेप तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीनजनालाई नियन्त्रणमा लिइएको प्रवक्ता भट्टले जानकारी दिएका छन् ।

नियन्त्रणमा लिइएकाहरूमा धादिङको धुनीबेशी नगरपालिका-१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका-३ बस्ने पासाङ शेर्पा छन् ।

भेपसहित २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स (सामान प्याक गर्न प्रयोग गरिने खाली बक्र्स) नियन्त्रणमा लिइएको भट्टले जानकारी दिएका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->